७ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

सर्ट फिल्म ‘बुवा’ जित्यो एनसेलको एक लाख पुरस्कार


प्रकाशित: शुक्रवार, १२ भाद्र २०७६, १२ः०५ बजे
- महानगरखवर

काठमाडौं । एनसेलले आयोजना गरेको एनसेल सर्ट फिल्म कम्पिटिसन अन्तर्गत निर्माण भएको सर्ट फिल्म ‘बुवा’ ले एकलाख पुरस्कार जितेको छ । 


‘बुवा थिम’ रहेको यस प्रतियोगितमा विजेता कमल सुवेदी र उनको समुहले बनाएको सो फिल्मले उक्त पुरस्कार जितेको हो । 


एनसेलले साउनको तेस्रो साताबाट ईच्छुक सर्ट फिल्म निर्माताहरुबाट प्रतियोगितामा समाबेश हुन आवहान गरेको थियो । प्रतियोगितामा७० वटा भन्दा बढि सर्ट फिल्मले सहभागीता जनाएका थिए । 


निर्णायक मण्डलले छनौट गरेका उत्कृष्ट १० विजेता छनौट गरेको कमल सुवेदी र उनको टिमले निर्माण गरेको ‘बुवा’ पहिलो विजेता बनेको थियो । 


निर्णायक मण्डलमा क्युएफएक्स सिनेमाका संस्थापक एवं चलचित्र उद्यमी नकिम उद्दीन, निर्देशक आसिफ शाह र प्रख्यात पत्रकार विद्या चापागाँई निर्णायक मण्डल रहेको सो टिमले सर्ट फिल्मको छनौट गरेका थिए । 


समुहका तीन जनाले प्रत्येक महिना १२ महिना सम्म १० जिबी डेटा पाएका छन भने यो समुहले निर्देशक आसिफशाहसँग सुटिङको बारेमा पनि सिक्ने मौका पाउनेछन । 


त्यस्तै विशालन्यौपाने र उनको समुहले बनाएको फिल्म ‘द ईण्ड अफ कल्चर’ ले दोश्रो पुरस्कार स्वस्प ७५ हजार नगद पुरस्कार र समुहका तीन जनाले प्रत्येक महिना १२ महिनासम्म १० जिबी डेटा प्राप्त गरेकाछन । 


द नेक्ट लेभल प्रोडक्सनको ‘वल्ड एजहोम’ले सेकेण्ड रनर अप बन्दै  ५० हजार नगद पुरस्कार जित्नुका साथै समुहकातीनजनाले प्रत्येक महिना १२ महिना सम्म १० जिबी डेटा पाएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex