८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

सर्च कमिटी बनाउने शिर्ष नेताहरुको निर्णय


प्रकाशित: सोमवार, ११ चैत्र २०८१, १८ः१५ बजे
- महानगरखवर

काठमाडौं । प्रमुख तीन शिर्ष नेताहरुको बैठकले सत्य निरूपण तथा बेपत्ता पारिएका व्यक्ति छानबिन आयोगका पदाधिकारी नियुक्तिका लागि अर्को सर्च कमिटी बनाउने सहमति गरेको छ । 


सोमवार सिंहदरवारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष केपी पुष्पकमल दाहालसहित नेताहरुको छलफलले सो निर्णय गरेको हो । 


छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि सर्च कमिटी बनाउने सहमति जुटेको प्रधानमन्त्री ओलीका संक्रमणकालीन न्याय सल्लाहकार अग्नि खरेलले बताए । 


बेपत्ता पारिएको व्यक्तिहरूको छानबिन तथा सत्य निरूपण मेलमिलाप ऐन २०७१ को दफा ३ को उपदफा ३ बमोजिम दुवै आयोगका अध्यक्षलगायत पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति सर्च कमिटी अगाडि बढाउन प्रधानमन्त्रीले दुवै दलका अध्यक्षसँग परामर्श गरेको जानकारी दिए ।


यसअघि सरकारले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वमा सर्च समिति बनाएको थियो। त्यस समितिले आवेदन आह्वान गर्ने, सूची बनाउने र आवेदकहरूसँग अन्तर्वार्ता गर्ने लगायतका प्रक्रिया पूरा गरे पनि नियुक्तिका लागि नाम सिफारिस गर्न सकेको थिएन ।


बैठकमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेल, माओवादी केन्द्रका नेता तथा कानूनविद् खिमलाल देवकोटा र माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत पनि थिए।

 

24  March 2025, Monday

asteriskhubs
Home Page Bottom Second


maharjan complex