१२ कार्तिक २०८३, बुधबार
Binod Yojesh Ram

सरोज गुरागाईंलाई महानगरमा हाजिर गराउने मन्त्रालयको आग्रह अस्वीकार, भन्यो– निमित्तलाई अधिकार देउ


प्रकाशित: विहिवार, २२ फागुन २०८१, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौं महानगरका प्रमुख सरोज गुराईगाईलाई गुरागाईंलाई नै काम गर्ने वातावरण बनाउन गरेको आग्रहलाई महानगरले अस्वीकार गरेको छ । 


मन्त्रालयले महानगरमा यसअघि कै  प्रमुख प्रशासकीय गुरागाईंलाई काम गर्ने वातावरण बनाउन पत्र काटेकोे जवाफमा महानगरले गुरागाईंलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिन नसकिने बरू निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार दिन आग्रह गरेको हो।


महानगरको पत्रमा भनिएको छ,‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ संशोधन गर्न वा अर्को प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था नहुन्जेलसम्मका लागि निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार दिई कार्यालय सञ्चालनमा सहयोग गर्न सकिन्छ ।’


महानगरले प्रमुख प्रशासकीय अधिकृतमा पुन गुरागाईंलाई नै हाजिर गराए काठमाडौं टावर लगायत अन्य काममा पनि नकारात्मक प्रभाव पर्ने दाबी गरेको छ । 


काठमाडौं टावरको नक्सा पास गर्ने निर्णय गुरागाईले एकलौटी गरेको भन्दै महानगर प्रमुख बालेन साहको निर्देशनमा गत पुस ८ गतेदेखि एक साताका लागि बिदामा बसेका थिए । 


पछि कार्यालय जाने बातावरण नभएको भन्दै प्रमुख प्रशासकिय अधिकृत गुरागाई कार्यालय जान छाडेका थिए । 


महानगरले भवनसंहिता र भवन मापदण्डविपरीत हुनेगरी त्रुटिपूर्ण काम गर्नेलाई नै पुनः प्रशासकीय अधिकृतमा हाजिर गराउन नहुने जवाफ मन्त्रालयलाई दिएको छ । 


‘महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईले आफूलाई खटाइएको कार्यालयको कार्यकक्षमा प्रवेश गर्न अवरोध सिर्जना गरी कार्यवातावरण विथोलिएको तथा मिति २०८१/०९/०८ देखि हाजिर गर्न नपाएको अवस्था रहेकोले आवश्यक व्यवस्थापन गरी कार्य वातावरण सहज बनाइदिनु हुन भनी यस मन्त्रालयमा निवेदन पेस गर्नु भएको हुँदा निजलाई तहाँ महानगरपालिकामा हाजिर भई कार्य सम्पादनका लागि आवश्यक सहजीकरण गरिदिनु हुन यस मन्त्रालय (मा. मन्त्रीस्तर) को २०८१/११/२१ को निर्णयानुसार अनुरोध छ,’ मन्त्रालयको पत्रमा उल्लेख छ ।


दुई महिनादेखि काठमाडौं महानगरले कायममुकायम प्रमुख प्रशासकीय अधिकृतका भरमा काम गरिरहेको छ ।

 

6 March 2025, Wednesday

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika