८ बैशाख २०८१, शनिबार
Header

सरोगेसी सेवा कानून ल्याउन स्वास्थ्यमन्त्री यादवसँग चिकित्सकहरुको पहल


प्रकाशित: बुधवार, २९ जेठ २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । भाडाको कोख (सरोगेसी सेवा कानुन ) बनाउन चिकित्सकहरुले स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग पहल सुरु गरेको छ । 


फर्टिलिटी सोसाइटी अफ नेपालले आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथि रहेका मन्त्री उपप्रधानमन्त्री समेत रहेका यादवलाई डा. भोला रिजालले सो कानुन बनाउन पहल गर्न आग्रह गरेका थिए । 


उनले सरोगेसी कानून नभएकै कारण धेरै निःसन्तान दम्पतिहरुले सन्तानसुख नपाईरहेको अवस्थामा नेपाली आमाले नेपाली दम्पतिका लागि नेपालमै बच्चा जन्माउने गरी कानून ल्याउनु पर्ने बताए । 


फर्टिलिटी सोसाइटी अफ नेपालका अध्यक्ष समेत रहेका डा. रिजालले संस्थाले नेपालमा निसन्तान भएका दम्पत्तिहरुको लागि काम गर्दै आएको जानकारी दिएका थिए । 


त्यसैगरी सो कार्यक्रमा थापाथली प्रसुती गृहका निर्देशक डा। जागेश्वर गौतमले नेपालीका लागि नेपाली महिला नै ‘सेरोगेट मदर’ बनाउनुपर्ने कानून ल्याउन सकिने भनाई राखे ।  


कानून नै नबनिकन सरोगेसी सेवा दिएको भन्दै ग्राण्डी सिटी क्लिनिक एण्ड अस्पतालविरुद्द मुद्दा समेत परेको परेपछि अदालतले सरोगेसी नगर्न÷नगराउन ११ भदौ २०७१ मा अन्तरिम आदेश समेत दिएको थियो । 


सर्वोच्च अदालतको आदेशअनुसार स्वास्थ्य मन्त्रालयले ११ भदौ २०७२ मा सरोगेसी सेवा प्रदान नगर्न÷नगराउन अस्पतालहरूलाई पत्राचार समेत गरेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD