४ भाद्र २०८३, बिहिबार
Header

सरोकारवालाहरुलाई चिरिबाबुको निर्देशन – ‘१० दिनभित्र तार हटाउनु’


प्रकाशित: बुधवार, १७ बुधवार २०७९, १९ः४५ बजे
- महानगरखवर

काठमाडौं । ललितपुर महानगरले अव्यवस्थित तार हटाउने विषयमा सरोकारवालाहरुसँग छलफल गरेको छ ।


बुधवार महानगर प्रमुख चिरिबबाबु महर्जनले छलफलपछि पहिलो चरणमा १० दिन भित्र सम्पदा क्षेत्रको अव्यवस्थित तारहरु हटाउन सरोकारवालाहरुलाई निर्देशन दिएको हो ।


अशोक स्तुपा, कुम्भेश्वर मन्दिर परिसर, पाटन दरबार र रातो मछिन्द्रनाथको रथ निर्माण गरिने ठाउँ पुल्चोकस्थित रथखेल क्षेत्रमा टाँगिएका अव्यवस्थित तार हटाउन महानगरले निर्देशन दिएको हो ।


तार हटाउन इन्टरनेट सर्भिस प्रोभाइडर एसोसियसन (आईएसपीए) लाई ललितपुर महानगरले जिम्मा दिएको छ । 


सो कार्यको लागि आईएसपीएलाई ललितपुर महानगरले आवश्यक सहयोग गर्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताए ।


जथाभावी पोलमा झुण्डिएको असरल्ल तारहरुको गुजुल्टोले आगलागीको संभावना बढेको, सहरको सुन्दरतामा विगारेको, पर्यटकहरुले ढुक्कसँग ललितपुरको मनमोहक सम्पदा खिच्न पनि तारको डिस्टर्व रहेको प्रमुख महर्जनले सरोकारवालाहरुलाई सुनाएका थिए । 


यस अघि फागुन १२ गते महानगरले एक सुचना जारी ७ दिनभित्र इन्टरेन तथा केबलको तारहरु हटाउने निर्देशन दिएको थियो ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex