१६ चैत्र २०८०, शुक्रबार
Header

सरस्वती प्रधानले रुपा सुनवारविरुद्ध प्रहरीमा दिईन जाहेरी


प्रकाशित: आईतवार, २७ असार २०७८, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । जातीय विभेदको आरोप लागेकी बबरमहलकी सरस्वती प्रधानले रुपा सुनवारविरुद्ध महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएकी छिन । 


प्रधानले आफ्नो बेइज्जति गरेको, अफवाह फैलाएको वैयक्तिक गोपनियता भंग गरेको र प्रतिलिपी अधिकार उल्लंघन गरेको भन्दै रूपाविरूद्ध आईतवार प्रहरी बृतमा जाहेरी दिएकी हुन । 


कोठा माग्न जाँदा थरकै कारण नदिएको भन्दै रुपाले असार १ गते जातीय भेदभावको कसुरमा सरस्वती प्रधानविरुद्ध जाहेरी दिएपछि प्रधानलाई प्रहरीले पक्राउ गरी तीन दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाएको थियो ।


प्रधानले पटक –पटक आफूले कुनै जातिय भेदभाव नगरेको बताउदै आएकी छिन । यसअघि पनि उनले मानव अधिकार आयोगमा रूपाविरूद्ध उजुरी दिएकी थिइन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD