१३ बैशाख २०८१, बिहिबार
Header

सरस्वती नगर बचतमा पुनः भण्डारीको नेतृत्व


प्रकाशित: सोमवार, ५ पुष २०७८, १७ः३० बजे
- केडिआर


काठमाडौं । हालै सम्पन्न सरस्वती नगर बचत तथा ऋण सहकारी संस्थाको लि. को तेह्रौं वार्षिक साधारण सभाले आगामी कार्यकालको संचालक समितिको अध्यक्षमा पुनः रघुनाथ भण्डारीलाई निर्वाचित गरेको छ ।


धुम्बाराही काठमाडौंमा सम्पन्न सो साधारण सभाले उपाध्यक्षमा रामहरी श्रेष्ठ, सचिव दिपक प्रसाद चौलागाई, कोषाध्यक्ष देवी प्रसाद वराल निर्वाचित हुनु भएको छ भने सदस्यहरुमा अनन्ता गुरुङ, माधव प्रसाद त्रिपाठी, सुमन प्रसाद दाहाल निर्वाचित हुनु भएको 
छ । त्यसैगरी लेखा संयोजकमा दुर्गा कुमारी कोइराला तथा सदस्यहरुमा शेखरनाथ आचार्य र राममणि आचार्य चयन हुनु भएको छ ।


साधारण सभाले संचालक समितिको तर्फबाट आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, लेखा सुपरिवेक्षण प्रतिवेदन, आ.व. २०७७/०७८ को आर्थिक प्रतिवेदन तथा आ.व. २०७८/७९ को अनुमानित वार्षिक बजेट एवं कार्यक्रम सम्बन्ध, आगामी कार्यकालको लागी लेखा परीक्षक नियुक्ति तथा पारीश्रमिक तोक्ने सम्बन्ध, लाभांश, सेवा विस्तार सम्बन्ध, संचालक समितिले गरेको निर्णय अनुमोदन सम्बन्ध, निर्वाचन सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि चयन लगायत विषय उपर छलफल गरी आगामी कार्यकालको लागी पारीत गरेको छ ।


साधारण सभामा प्रस्तुत वासलात हिसाव अनुसार चालु आ.व. मा संस्थाको शेयर पूँजी २ करोड ५६ लाख ६३ हजार ९ सय रुपैयाँ, जगेडा कोष ४२ लाख ३२ हजार ३ सय ८५ रुपैयाँ १७ पैसा, वैधानिक तथा अन्य कोषहरु ३२ लाख ४२ हजार ८६ रुपैयाँ ५० पैसा, वचत तथा निक्षेप १५ करोड ९४ लाख ८६ हजार १ सय ५ रुपैयाँ ४८ पैसा, चालु दायित्व तथा व्यवस्था ३४ लाख ८४ हजार ३ सय २६ रुपैयाँ ७९ रुपैयाँ २० पैसा, आयकर व्यवस्था २ लाख  ९६ हजार ६ सय ८५ रुपैयाँ ४२ पैसाको भएको छ भने, चालु आ.व. मा संस्थाको जम्मा कारोबार २० करोड २२ लाख ७२ हजार ४८ रुपैयाँ ५६ पैसाको भएको छ । साथै साधारण सभा अन्य विविध कार्यक्रमको साथमा सम्पन्न भएको थियो ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD