१५ बैशाख २०८१, शनिबार
Header

सरकार सम्झौताबाट पछि हटेपछि इन्टरनेटको मूल्य बढ्यो


प्रकाशित: मंगलवार, ३१ असार २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । साउन १ गते बुधवारदेखि इन्टरनेटको मूल्य १३ प्रतिशतले बढ्ने भएको छ । 


सरकार र इन्टरनेट सेवा प्रदायकविच भएको १३ प्रतिशत मूल्य समायोजन सम्बन्धी सम्झौता पालना नभएपछि सेवा प्रदायक संस्थाले मूल्यमा बृद्धि गरेको हो । 


इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आईएसपिएन)का अध्यक्ष अध्यक्ष भोजराज भट्टले सरकार सम्झौताबाट पछि हटेकोले मूल्य बृद्धि गर्नु परेको बताए । 


गत वर्षदेखिनै सरकारले इन्टरनेट सेवा प्रदायकहरुबाट १३ प्रतिशत दुरसञ्चार सेवा शुल्क लिने निर्णय गर्दा विरोध भएपछि त्यसरकारले व्यावसायीसँग मूल्य नबढाउन सम्झौता गरेको थियो ।  


मन्त्रिपरिषदको जेठ २३ को निर्णयमा इन्टरनेट जडान गर्दा लाग्ने राउटर लगायतका उपकरण, इन्ट्रानेट–लिजिटलाइज डाट कनेक्टिभिटी र मर्मत सम्भार शुल्कमा दुरसञ्चार शेवा शुल्क नलिने निर्णय सार्वजनिक गरेको थियो ।  


व्यवसायीहरु भने १३ प्रतिशत मूल्य बढाए पनि नाफा नबढ्ने दावी गरिरहेका छन । सेवाप्रदायकको यो निर्णयसँगै उपभोक्ताहरु महंगो मूल्य चुकाउन बाध्य हुनेछ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD