काठमाडौं । सरकारले बेरोजगारको तथ्यांक संकलन गर्न देशका ७५३ स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको निर्णय जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा संचार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताए ।
७५३ वटा स्थानीय तहमा स्थापना हुने रोजगार सेवा केन्द्रमा अधिकृतस्तरका कर्मचारी खटाइने भएको छ । हाल सरकारसँग रहेको जनशक्ति अपुग हुने भएकाले ७५३ जना अधिकृत प्रतिस्पर्धाबाट अस्थायी नियुक्ति गरिने मन्त्री बास्कोटाले जानकारी दिए ।
हरेक स्थानीय तहमा रहेका बेरोजगार युवाको यकिन तथ्यांक संकलन गर्ने र रोजगार सिर्जना गर्ने काममा केन्दलाई विशेष योजना सहित परिचालन गरिने भएको छ ।
सेवा केन्द्रबाट बेरोजगारको विवरण संकलन गर्ने, अभिमुखीकरण लगायतका तालिम सञ्चालन गर्ने, स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने र सरकारलाई आवश्यक जनशक्ति केन्द्रबाट उपलव्ध गराउने योजना बनाइएको छ ।
Categorized in बजार