काठमाडौं । काठमाडौं उपत्यकामा सरकारले फेरि रात्री बस सेवा सञ्चालनको तयारी गरेको छ ।
रात्री बस सेवा सञ्चालनको लागि यातायात व्यवस्था विभागले प्रस्ताव गरेपछि सरकार बस सञ्चालनको तयारीमा देखिएको छ ।
बेलुका ८ बजेदेखिनै सडक सुनसान देखिने, गन्तव्यमा पुग्ने यात्रुहरु साँझको सावरीसाधानमा कोचिएर जानु पर्ने बाध्यता, अबेर भएपछि टयाक्सीको भाँडा आंतक लगायतका कारण रात्रीकालिन सेवा आवश्यक रहेको विभागको ठहर छ ।
विभागका महानिर्देशक कुमार दाहालका अनुसारसोमबार विभागले इच्छुक कम्पनीसँग छलफल गरिने भएको छ ।
यसका लागि स्वयम्भु यातायात, महानगर यातायात, साझा यातायात लगायतका कम्पनीले रात्री बस सेवा सञ्चालनमा चासो देखाएका छन ।
यस अघि तत्कालीन उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा ०६९ को भदौमा रात्रीकालिन बस सेवा प्रारम्भ भएको थियो ।
तर आर्थिक रुपममा व्यवसायीहरुलाई फाईदा नभएपछि रात्री बस सेवा असफल भएको थियो ।
Categorized in राष्ट्रिय