काठमाडौं । सरकारले आईतवार पनि सार्वजनिक विदा दिर्ने निर्णय फिर्ता लिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैडकले आईतवार दिने भनिएको निर्णय लागु नगर्ने भन्दै पछि हटेको हो । यस अघि सरकारले जेठ १ गतेदेखि लागु हुनेगरी सरकारले परीक्षणको लागि भन्दै आइतबार पनि बिदा दिने निर्णय गरेको थियो ।
वैशाख १३ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको थियो । सरकारको यस निर्णयको विरोध पनि भएको थियो भने कतिपय स्थानिय निकायले सरकारको सो निर्णयको अवज्ञा समेत गरेको थियो ।
आजैमात्र आइतबार पनि बिदा दिने निर्णयविरूद्ध सर्वोच्चमा रिट दर्ता समेत भएको छ ।
Categorized in राष्ट्रिय