२१ बैशाख २०८१, शुक्रबार
Header

सरकार थप ३ हजार जनालाई शहीद घोषणा गर्दै


प्रकाशित: शनिवार, १३ माघ २०८०, १६ः३० बजे
- महानगरखवर

काठमाडौं । सरकारले थप ३  ३ हजार जनालाई शहीद घोषणा गर्ने तयारी गरेको छ ।


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले शहीद घोषणा गरेकाहरुको नाम छिट्टै राजपत्रमा प्रकाशित गर्ने तयार पनि गरेको छ ।

 
शनिवार शहीद प्रतिष्ठान नेपालले काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले माओवादी जनयुद्धका क्रममा ज्यान गुमाएका तर शहीद घोषणा गर्न बाँकी रहेका करिव ३ हजार जनालाई पनि मन्त्रिपरिषदले शहीद घोषणा गरेको बताए । 


‘म तपाईंहरुलाई जानकारी गराउन चाहन्छु झन्डै ३ हजार छुट भएकाको शहीद घोषणा चाहिँ फेरि क्याबिनेटबाट निर्णय भइसकेको छ । गृह मन्त्रालयबाट प्रमाणित भइसकेको छ । र अब त्यो राजपत्रमा प्रकाशित गर्नका लागि अगाडि बढिसकेको छ’ उनले भने ।


माओवादी जनयुद्धका क्रममा ज्यान गुमाउनेहरु अरु कोही शहीद घोषणा गर्न छुटेको भए तत्काल सम्बोधन गर्ने पनि उनले आश्वासन दिए । 


सो अवसरमार प्रधानमन्त्री प्रचण्डले माओवादी जनयुद्धमा बेपत्ता भएकाहरुको पनि योगदानलाई कदर गर्न सरकारले पहल गरेको पनि बताए । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD