९ भाद्र २०८३, मंगलबार
Header

सरकारी जग्गा हड्प्ने र सहकारी ठगीहरुलाई दण्डित गर्नुपर्छ– थापा


प्रकाशित: बुधवार, २४ माघ २०८०, १४ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले सरकारी जग्गा हड्प्ने र सहकारी ठगीहरुलाई राज्यले दण्डित गर्नु पर्ने बताएका छन ।


बुधवार संसदको शन्य समयमा संसद थापाले भने,‘जो सुकै होस्, जतिसुकै शक्तिशाली होस्, राजनीतिक शक्ति होस् कि आर्थिक शक्ति होस् नेपालको सार्वजनिक जग्गा कसैले हडप्छ भने सजाय पाउनुपर्दैन ? दण्ड पाउनु पर्दैन ?’ कांग्रेस महामन्त्री थापाको प्रश्न गरे ।


सहकारी ठगी प्रकरणमा पनि सरकारले गलत गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको माग छ ।


सुशासन कायम गर्न सरकारले गलत काम गर्नेको शक्ति र पदीय हैसिय हेर्न नहुने थापाले बताए ।


सर्वसाधारण नागरिकले दण्ड पाउने हरेक अपराधमा शक्तिशालीहरुले पनि दण्ड भोग्नुपर्ने उनले बताए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex