२५ बैशाख २०८१, मंगलबार
Header

सरकारी जग्गा अतिक्रमण बारे जानकारी दिन गृहको सिडियोलाई निर्देशन


प्रकाशित: विहिवार, १० चैत्र २०८०, १६ः४० बजे
- महानगरखवर

काठमाडौं । गृहमन्त्रालयले देशभरका सरकारी जग्गाको खोजी गरी अतिक्रमणको अवस्थाबारे जानकारी दिन प्रमुख जिल्ला अधिकारीहरु(सिडियो) लाई दिर्नेशन दिएको छ ।


मन्त्रालयले हिजो बुधवार एक सुचना जारी गरी सो निर्देशन दिएको हो । सार्वजनिक एवं सरकारी स्वामित्वमा रहेको जग्गा कसैले आफ्नो नाममा दर्ता गरेको वा कुनै प्रयोजनका लागि भोगचलन वा नियन्त्रणमा राखेको भए त्यस्ता व्यक्तिलाई कानुन बमोजिम कारबाही गर्न आग्रह गरेको छ ।


सरकारी जग्गा कायम गर्न सत्य तथ्य सूचनासहितको विवरण संकलन गरी गृह मन्त्रालयमा पठाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन समेत दिएको हो ।


त्यसैगरी, कसैले सरकारी जग्गा दुरुपयोग गरी आफ्नो काम गरेको र त्यसरी स्वामित्व कायम गरेको जग्गा बिक्री गरेको भए त्यसको सूचना पनि दिन आग्रह गरेको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 


‘अतिक्रमण वा कब्जा भएको जग्गा फिर्ता ल्याउने तथा गैर कानुनी रुपमा जग्गा अतिक्रमण वा कब्जा गर्ने व्यक्तिलाई प्रचलित कानुन बमोजिम कारवाही गर्ने कार्यलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको छ ।’ जारी सुचनमा उल्लेख गरिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD