२७ बैशाख २०८१, बिहिबार
Header

सरकारी चिकित्सकलाई निजी स्वास्थ्य सेवामा काम गर्न रोक


प्रकाशित: विहिवार, १३ बैशाख २०८१, १२ः५० बजे
- महानगरखवर

काठमाडौं । सरकारी अस्पतालका स्वास्थ्यकर्मीहरुलाई निजी अस्पतालमा गएर काम गर्न रोक लगाएको छ । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना मातहतका सबै प्रतिष्ठान, विभाग तथा अस्पताललाई बुधबार एक पत्र पठाउँदै कार्यालय समयमा निजी अस्पताल, नर्सिङ होम, क्लिनिक, मेडिकलमा काम नगर्न निर्देशन दिएको हो ।


बुधवार मन्त्रालयले जारी गरेको सुचनामा सरकारी स्वास्थ्य संस्थामा कार्यरता चिकित्सक, स्वास्थ्यकर्मी तथा कार्मचारीलाई निजीमा काममात्रै नभई उक्त प्रयोजनका लागि विज्ञापन तथा प्रचारप्रसार नगर्न पनि निर्देशन दिइएको छ ।


सो सुचना विपरित स्वास्थ्यकर्मीहरुले काम तथा विज्ञापन गरेको पाईएमा नेपाल स्वास्थ्य ऐन, २०५३, नेपाल स्वास्थ्य सेवा नियामावली, २०५५ तथा सेवा सञ्चालन सम्बन्धी प्रचलित कानुन बमोजिम कार्वाही हुने जनाएको छ ।


साथै सो को जिम्मेवार पनि स्वयं व्यक्ति नै हुनु पर्ने जारी सुचनामा उल्लेख छ । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD