८ बैशाख २०८१, शनिबार
Header

सरकारी गाडीबाट काठमाडौं आएकाहरुलाई सर्लाही नै फर्काईयो 


प्रकाशित: विहिवार, २५ बैशाख २०७७, १३ः०० बजे
- महानगरखबर

काठमाडौं । सरकारी गाडी दुरुपयोग गरी बुधवार काठमाडौं आइपुगेका एक परिवारलाई आज (विहिवार) सर्लाही फकाईएको छ ।


हिजो उनीहरु काठमाडौं आएको खवर समाचारडेस्क, महानगरखवरडटकम लगायतले समाचार प्रकाशित गरेपछि समाजिक सञ्जालमा यसको चर्को विरोध भएको थियो । 


प्रदेश २ अन्तर्गत सामाजिक विकास मन्त्रालयको बा २ झ २४१३ नम्बरको गाडीबाट सर्लाहीतिर जोखिम बढेको भन्दै सर्लाहीको होरैता नगरपालिका २ का ३ जना काठमाडौं आइपुगेका थिए । 


सर्लाहिबाट आफ्ना छोरा र छोरीसँगै एक महिला काठमाडौं आएकी थिइन । तीनजना सहित महिलाका श्रीमानलाई पनि सर्लाहीमै फर्काइएको छ । यो घटनाको सम्वन्धमा समाचारडेस्कले समाचार प्रकाशन गरेको थियो ।


काठमाडौं महानगरपालिका वडा २२ का वडाध्यक्ष चिनीकाजी महर्जनको पहलमा पास उपलब्ध गराइ दुई वटा मोटरसाइकलबाट उनीहरुकैे घर मलङ्गवामै फर्काइएको हो ।


हिजो उनीहरु पहिला काठमाडौं २३ वडा ओमबहालमा नातेदारको डेरामा बस्न गएका थिए । तर स्थानीयले विरोध गरेपछि उनीहरु त्यहाँबाट फेरी २२ वडा वटु टोलमा बस्न गएका थिए । 


उनीहरु सबैको टेकुस्थित शुक्राराज ट्रफिकल अस्पतालमा कोरोना आरडीटी परिक्षण गरिएको थियो । उनीहरुको रिपोर्ट नेगेटिभ आएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD