१५ बैशाख २०८१, शनिबार
Header

सरकारी गाडीबाटै एक परिवार मलङ्गवाबाट काठमाडौं 


प्रकाशित: बुधवार, २४ बैशाख २०७७, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । सरकारी गाडीको दुरुपयोग गरी लकडाउनमा सर्लाहीको मंगलवावाट एक परिवार काठमाडौं आईपुगेका छन । 


उनीहरु वुधवार विहान काठमाडौको ओमवाहाल आईपुगेका हुन । एक महिला आफ्नी छोरी र छोरासँग बा २ झ २४१३ नम्बरको सरकारी गाडीबाट आएका थिए । 


ओमबहालमा नातेदारको डेरामा बस्न आएका उनीहरुलाई त्यहाँका स्थानीयले विरोध गरेपछि २२ वडा वटुमा पुगे त्यहाँ पनि विरोध भएपछि प्रहरीले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षणको लागि लगिएको थियो । 


उनीहरुको आरडिटि परिक्षणमा रिपोर्ट नेगेटिभ आएको कामपा २३ वडाका अध्यक्ष मचाराजा महर्जनले जानकारी दिनुभयो । रिपोर्ट नेगेटिभ आएपछि अहिले उनीहरुलाई बाहिर नआइ पूर्ण रुपमा होम क्वारेन्टाइनमा बस्ने शर्तमा उनीहरुलाई वटुमै बस्न दिइएको छ ।


पिसिआर विधिबाट गरिएको परिक्षणको रिपोर्ट आउन भने बाँकि रहेको बताइएको छ ।


उता जोखिम बढेकोले नै नाता परेका मान्छेको सरकारी गाडीबाट आफु काठमाडौं आएको उक्त महिलाले बताए ।


लकडाउनमा सरकारी गाडीको दुरुपयोग भएको कामपा २३ वडाका अध्यक्ष मचाराजा महर्जनले आपत्ती समेत जनाएका छन । 


अहिले आवतजावत पूर्ण रुपमा बन्द गर्न सबैले भूमिका खेल्नुपर्ने अवस्थामा सरकारी गाडीबाट मान्छे ओसार्ने काममा कामपा २३ वडाका अध्यक्ष मचाराजा महर्जनले पनि आपत्ती जनाउनुभयो ।


यस विषयमा काठमाडौ महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई जानकारी गराएको वडा अध्यक्ष महर्जनले वताए । 


त्यर्सैगरी, वडा २२ का अध्यक्ष चिनिकाजी महर्जनले पनि आपत्ती जनाउनुभएको छ ।


‘राज्य भनेको अभिभावक हो । यस्तो अवस्थामा राज्यले अभिभावकिय भूमिका निभाउनु आवश्यक छ’, वडाध्यक्ष महर्जनले भन्नुभयो ।


सरकारी गाडीबाट मान्छे काठमाडौं ल्याइनु विलकुलै गलत रहेको र यसमा आवश्यक अनुसन्धान गरी दोषी उपर कारवाही गर्न महर्जनले माग गर्नुभयो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD