२४ बैशाख २०८१, सोमबार
Header

सरकारी गाडीको दुरुपयोग गर्न नपाईने भन्दै काठमाडौं प्रशासनले जारी गरयो विज्ञप्ती


प्रकाशित: सोमवार, १८ भाद्र २०८०, १७ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले सरकारी गाडीको दुरुपयोग गर्न नपाइने बताएको छ । 


सोमवार विज्ञप्ती जारी गरी बिदाको दिन पास बिना सरकारी गाडी चलाउन नपाइने उल्लेख गर्दै चलाउन परे तोकिएको अधिकारीबाट जारी भएको सवारी पास प्रयोग गर्न भनेको छ ।


निजी काममा सरकारी सवारीसाधनको प्रयोगमा कमी आई मितव्ययिता अभिवृद्धि गर्न मद्दत पुगेको प्रशासनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


शनिवार राती काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)को श्रीमति चढेको महानगरको गाडी ट्राफिक प्रहरीले गरेको चेकिंगको विषयलाई लिएर बालेनको सचिवालयले आईतवार दिएको प्रष्टीकरणमा ट्राफिकले ७ मिनेटसम्म राखेर अनावश्यक केरकार गरेको भन्ने अभिव्यक्ति आएपछि प्रशासनको यो विज्ञप्ती आएको हो ।


विज्ञप्तीमा शनिवारको घट्नको विषयमा कतै उल्लेखित नभएपनि सोही घट्नामा केन्द्रीत भएर काठमाडौं प्रशासनले विज्ञप्ती जारी गर्दै पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरूलाई कर्तव्य पालनामा अवरोध नपुराउन अनुरोध गरेको छ ।


‘आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरूलाई कर्तव्य पालनामा बाधा अवरोध नर्पुयाउनुहुन र विभिन्न सामाजिक सञ्जालहरूमा जथाभावी वक्तव्यबाजी नगर्नुरनगराउनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ,’ सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीले अवलम्बन गरेको लोकतन्त्र र विधिको शासनले कानुनको दृष्टिमा सबै समान छन् भन्ने कुरा स्थापित गरेको व्यहोरा जगजाहेर छ।’ 


ट्राफिक प्रहरी र प्रशासनले कुनै पनि अनावश्यक प्रश्न नसोधेको र नियमित चेकिङ गरी मेयर पत्नी चढेको गाडी रहेको जानकारी पाएपछि छाडिएको प्रहरी अधिकारीहरुले बताउँदै आएको छ । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD