काठमाडौं । सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्न समिति गठन गरेको छ ।
विप्लव समूहले पनि सरकारसँग बर्ता गर्न नेकपा विप्लवका सचिवालय सदस्य एंव प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता समिति गठन गरेको छ ।
समितिमा केिन्द्रय सदस्य उदय चलाउनेदीपक सहितको दुई सदस्य उच्चस्तरीय वार्ता टोली गठन गरेको विज्ञप्ती जारी गरेर जनाएको छ ।
यस अघि सरकारले गठन गरेको समितिमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई रहेका सरकारका प्रवक्ता तथा सुचना तथा प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए ।
मन्त्री गुरुङले विप्लव समूहले पनि छिटै वार्ता टोली गठन गर्ने र सरकारसँग वार्ता हुने अपेक्षा विश्वास व्यक्त गरे ।
विप्लव समूह हिंसात्मक गतिविधिमा लागेको भन्दै सरकारले विप्लव समूहलाई प्रतिवन्ध लगाएको छ ।
Categorized in राष्ट्रिय