१३ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

सरकारले ‘शून्य बाँकी फाइल सप्ताह’ अभियान सञ्चालन गर्ने 


काठमाडौं । सरकारले सरकारी कार्यालयहरूमा थन्किएका फाइलहरूको चाप घटाएर सेवाप्रवाहलाई प्रभावकारी बनाउन ‘शून्य बाँकी फाइल सप्ताह’ अभियान सञ्चालन गर्ने भएको छ । 


अभियान सञ्चालनका लागि सरकारले शुक्रबार सम्बन्धित मार्गदर्शन स्वीकृत गरेको हो ।


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालय, आयोग, सचिवालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयहरू र स्थानीय तहहरूलाई परिपत्र गर्दै मार्गदर्शन कार्यान्वयन गरी प्रगति प्रतिवेदन पठाउन निर्देशन दिएको छ ।


कानुनले दिएको अधिकारको प्रयोग नगरी अनावश्यक रूपमा फाइलहरू माथिल्लो तहमा पठाउने प्रवृत्तिका कारण सेवाप्रवाह प्रभावित भइरहेको अवस्थालाई सुधार गर्न अभियान सञ्चालन गर्न लागिएको बताइएको छ ।


सरकारी कार्यालयमा दर्ता भएका फाइल, सुरु भएका टिप्पणी तथा अन्य कागजातहरू विभिन्न तह र टेबलमा लामो समयसम्म थन्किने र निर्णय प्रक्रियामा ढिलाइ हुने प्रवृत्ति अन्त्य गर्न अभियान प्रभावकारी हुने अपेक्षा गरिएको छ ।


यस सम्बन्धमा कार्यालयका शाखा अधिकृत सुसना शर्माले सरकारी कार्यालयहरूमा थन्किएका फाइल व्यवस्थापन गरी छिटो निर्णय प्रक्रिया सुनिश्चित गर्न अभियान सञ्चालन गर्न लागिएको जानकारी दिएकी छन ।  

asteriskhubs
Home Page Bottom Second


maharjan complex