१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ल्याउँदै


प्रकाशित: सोमबार, ९ पुष २०७५, ११ः०० बजे
- महानगरखबर

काठमाडौं । सरकारले चाँडैनै ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ ल्याउने तयारी गरेको छ । 


यस कार्यक्रम अन्तर्गत स्वरोजार केन्द्रबाट बेरोजगार युवाको डाटा संकलन गरेर बेरोजगार युवालाई १०० दिनको कामको ग्यारेन्टी गर्ने भएको छ । 


काम दिन नसके ५० दिनको निर्वाह भत्ता उपलव्ध गराउने भएको श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले तयारी गरेको छ । 


संविधानले सबै नागरिकलाई रोजगारीको हकको ग्यारेन्टी गरेको बताउँदै ओली सरकारले यसै आर्थिक वर्षबाट यो कार्यक्रम लागु गर्ने भएको छ । 


सरकारसँग देशभर कति युवा बेरोजगार भन्ने कनै आधिकारिक तथ्यांक छैन । वर्षमा नेपालमा कति शैक्षिक बेरोजगार बजारमा आउँछ र बजारमा मागअनुसारको जनशिक्त आपूर्ति भइरहेको छ÷छैन भन्ने जानकारी सरकारलाई छैन । 


संसदले पारित गरेको ‘रोजगारको हक सम्बन्धी ऐन, २०७५’ अनुसार तयारी पारेको नियामली श्रम मन्त्रालयमा पेश भईसकेको छ । 


सरकारले नियामावलीसँगै स्थानीय तहमा बेराजगार डाटा संकलन गर्न रोजगार ७५३ वटै स्थानीय तहमा रोजगार संयोजक तोक्न आगामी मन्त्रिपरिषद्को बैठकमा पेस गर्ने भएको छ । 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex