२२ श्रावण २०८३, शुक्रबार
Header

सरकारले सार्वजनिक गर्‍यो कर्मचारीको नयाँ तलबमान (सुचि)


प्रकाशित: विहिवार, २१ साउन २०८३, १६ः५० बजे
- महानगरखबर

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ का लागि साउनदेखि लागू हुने सरकारी कर्मचारीहरूको नयाँ तलबमान सार्वजनिक गरेको छ ।


मन्त्रालयका अनुसार साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड तथा प्रोत्साहन भत्तासम्बन्धी निर्णय गरेको थियो । 


सोही निर्णयअनुसार अर्थ मन्त्रालयले बुधबार सबै सरकारी निकायलाई पत्राचार गर्दै नयाँ तलबमान कार्यान्वयनबारे जानकारी गराएको हो । 


सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको बजेटमार्फत सरकारी कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि गर्ने तथा बढेको तलबमानको १० प्रतिशत बराबर मासिक प्रोत्साहन भत्ता उपलब्ध गराउने घोषणा गरेको थियो । 


नयाँ व्यवस्था अनुसार निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा प्रदेश र स्थानीय तहका कर्मचारीले अनुसूची १ देखि ८ सम्म उल्लेखित नयाँ तलबमान, एक दिनको तलब बराबरको ग्रेड रकम तथा बढेको तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ता प्राप्त गर्नेछन ।


उक्त तलबमान निवृत्तभरण (पेन्सन) प्रयोजनका लागि पनि लागू हुनेछ ।


अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार मुख्य सचिवको प्रारम्भिक तलबमान ८४ हजार ९३२ रुपैयाँ कायम गरिएको छ ।


त्यस्तै, राजपत्राङ्कित विशिष्ट श्रेणीको ७९ हजार २९० रुपैयाँ, अतिरिक्त सचिव (पेन्सन प्रयोजन)को ६६ हजार ५३९ रुपैयाँ तथा राजपत्राङ्कित प्रथम श्रेणीको ६२ हजार ४६६ रुपैयाँ तोकिएको छ ।


यस्तै, राजपत्राङ्कित द्वितीय श्रेणीको तलबमान ५३ हजार ६११ रुपैयाँ र राजपत्राङ्कित तृतीय श्रेणीको ४८ हजार ५८ रुपैयाँ निर्धारण गरिएको छ ।


राजपत्र अनङ्किततर्फ प्रथम अतिरिक्त मान (पेन्सन प्रयोजन)को तलबमान ४१ हजार ५१७ रुपैयाँ, प्रथम श्रेणीको ३८ हजार २०३ रुपैयाँ, द्वितीय अतिरिक्त मान (पेन्सन प्रयोजन)को ३७ हजार ४०७ रुपैयाँ, द्वितीय श्रेणीको ३६ हजार १९२ रुपैयाँ, तृतीय श्रेणीको ३० हजार ३७३ रुपैयाँ तथा चतुर्थ श्रेणीको २८ हजार ६९० रुपैयाँ कायम गरिएको मन्त्रालयले जनाएको छ ।


सरकारको यो निर्णयसँगै चालु आर्थिक वर्षदेखि सरकारी कर्मचारीहरूले बढेको तलबसँगै मासिक १० प्रतिशत प्रोत्साहन भत्ता पनि प्राप्त गर्ने छन । 


नयाँ तलवमान हेर्न क्लिक गर्नुहोसः
 

 

 

 

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex