काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई अवैध हतियार बुझाउन सार्वजनिक सूचना जारी गर्ने भएको छ ।
सरकार विप्लव समूलाई प्रतिबन्ध लगाएपछि मंगलवार वसेको मन्त्रीपरिषद्को बैठकले अवैध हतियार बुझाउन ३५ दिने सुचना निकाल्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सो जानकारी दिँदै जारी गरेको सूचनाभित्र हतियार बुझाउनेलाई त्यस्ता हतियार राखेवापत कुनै कानुनी कारबाही नहुने बताए ।
विप्लव समूहका कार्यकर्ताहरू ठाउँठाउँबाट अवैध हतियारसहित पक्राउ पर्न थालेपछि सरकारले सो निर्णय गरेको उनले बताए ।
Categorized in राष्ट्रिय