१३ बैशाख २०८१, बिहिबार
Header

सरकारले यी क्षेत्रहरुमा थपियो प्रतिबन्ध


प्रकाशित: आईतवार, २ माघ २०७८, १७ः३० बजे
- महानगरखबर

काठमाडौं । कोरोना भाईरसको ग्राफ उकालो लाग्न थालेपछि सरकारले प्रतिबन्धहरु थप गरेको छ । 


सरकारले जारी गरेको नयाँ आदेशअनुसार सपिङ मल, डिपार्टमेन्ट स्टार तथा पार्टी प्यालेसहरुमा अब एक पटकमा २५ जना मात्र प्रवेश गर्न पाउने छन । 


साथै पार्टी प्यालेसहरुमा विवाह, ब्रतबन्ध जस्ता धार्मिक सांस्कृति कार्य सञ्चालन गर्न परे प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिनु पर्ने छ ।  कुल क्षमताको एक तिहाइ मात्र चलाउनुपर्ने र बढीमा ५० जना मात्र उपस्थित हुन पाउनेछन ।


त्यसैगरी सरकारले  सिनेमा र जिम हल,कजेज तथा ट्युसन सेन्टरहरु पनि माघ १५ गतेसम्मको लागि बन्द गरिएको छ । ओमिक्रोन भेरियन्ट नियन्त्रणसम्बन्धी आदेशमा १५ गतेसम्म विश्वविद्यालय, कलेज तथा ट्युसन सेन्टरमा पनि भौतिक उपस्थितिमा पठनपाठन नगर्ने उल्लेख छ ।


मठमन्दीर, गुम्बा लगायतका धार्मिक स्थलहरुमा नित्यपूजा मात्र गर्न दिने निर्णय गरेको छ ।


सरकारले जारी गरेको ओमिक्रोन भेरियन्ट नियन्त्रण सम्बन्धी आदेशमा जनस्वास्थ्यका मापदण्डहरु पालना गर्दै नित्यपूजा र ध्यान मात्र गर्ने व्यवस्था मिलाउने उल्लेख छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD