काठमाडौं । सरकारले मेलम्ची निर्माणको ठेकेदार कम्पनी सिएमसीसँग विहिवार ठेक्का सम्झौता औपचारिक रुपमा तोडेको छ ।
मेलम्ची खानेपानी विकास समितिले सिएमसीसँग ठेक्का तोड्ने निर्णय गरेको हो ।
सरकारले ठेक्का तोडेसँगै धरौटी जफत हुने भएको छ ।
बिहीबार खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरको संयोजकत्वमा बसको बैठकले ठेक्क सम्झौता रद्द गर्ने निर्णय गरेको हो । समितिका कार्यकारी निर्देशक सुर्यराज कँडेलका अनुसार एकतर्फी रुपमा ठेक्का तोडेर कामदारहरु अंग्रेजी नयाँ बर्ष बनाउन इटाली गएपछि दूतावासको आग्रहमा १४ दिनभित्र काममा फर्कन समय दिएको थियो ।
तर समय सिमा नाघेपछि ठेक्का सम्झौता समितिले रद्द गरेको हो । यही फ्रेबुअरी १० सम्म सम्झौताको म्याद भएपनि यसपछि म्याद सम्झौता तोडे मान्यता नहुने भएकोले ठेक्का तोडेको कार्यकारी निर्देशक कँडेलले बताए ।
समितिले टर्मिनेशन लेटर सिएमसीको मुख्यालय इटाली विहिवारनै पठाइसकिएको छ ।
मेलम्ची निर्माणको आगामी योजना तयार पारेर मन्त्रालयलाई बुझाउने र सोही अनुसार अघि बढ्ने समितिले बताएको छ ।
Categorized in राष्ट्रिय