१६ चैत्र २०८०, शुक्रबार
Header

सरकारले मतदानस्थलमै कोरोना खोप दिने


प्रकाशित: बुुधवार, २१ बैशाख २०७९, १९ः३० बजे
- महानगरखबर

काठमाडौं । सरकारले बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा कोरोना खोप लगाउन छुटेकाहरुलाई मतदानस्थलमै खोप दिने व्यवस्था गरेको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगिता मिश्रका अनुसार पहिलो, पूर्ण मात्रा र बुस्टर डोज लगाउन छुटेका १८ वर्षभन्दा माथिका व्यक्तिका लागि मतदानस्थलमै खोप लगाउने सुविधा मिलाएको छ । 


बुस्टर डोज नलगाएकाहरुले चुनावमा सहभागी हुँदा अनिवार्य रुपमा खोप कार्ड लिएर जान समेत प्रवक्ता मिश्रले आग्रह गरेकी छिन । 


सो दिन तीन चरणको खोप मध्ये कुनै छुटेको छ भने मतदान गरेपछि खोप लगाउन सकिने भएकोले खोप कार्ड लिएर जान भनिएको छ । 


मन्त्रालयका अनुसार हाल दैनिक २० हजारको हाराहारीमा खोप लगाउने गरेका छन् ।


स्वास्थ्य सेवा विभागका अनुसार केन्द्र तथा प्रदेशका भण्डारण केन्द्रमा एक करोडभन्दा बढी डोज खोप मौज्दात छन । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD