६ जेठ २०८१, आइतबार
Header

सरकारले भूकम्पका मृतक परिवारलाई २ लाख दिने


प्रकाशित: आइतवार, १९ कातिक २०८०, १२ः३० बजे
- महानगरखबर

काठमाडौं । सरकारले जाजरकोट र पश्चिम रुकुमका भूकम्पमा परि मृत्यु भएका प्रति परिवारलाई २ लाख रुपियाँ राहत उपल्ब्ध गराउने भएको छ । 


आइतवार विहान बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन ।


नेपाल प्रहरीको पछिल्लो अपेडट अनुसार मृतकको संख्या १५७ पुुगेको छ भने घाईते १७० जना रहेको छ । 


जाजरकोटमा १०५, पश्चिम रुकुम ५५ जनाको मृत्यु भएको छ भने घाईतेहरुमा क्रमशः ८१ र ७८ रहेको प्रहरीले जनाएको छ । 


मन्त्री शर्माका अनुसार बैठकले कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई मुख्य सम्पर्कस्थल र बाँकेको नेपालगञ्जलाई सहायक सम्पर्कस्थल बनाएर खोज, उद्धार र राहत सम्बन्धी काम एकद्वार प्रणालीबाट गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।


भूकम्पबाट विस्थापित भएकाहरुलाई अस्थायी आवास र सुरक्षा प्रबन्ध मिलाउने निर्णय पनि बैठकले गरेको छ । 


त्यसैगरी, छिमेकी लगायत मित्र राष्ट्र र अन्तर्राष्ट्रिय संघसंस्थाबाट औपचारिक रुपमा प्रस्ताव भएको सहयोग स्वीकार गर्ने तथा त्यस्तो सहयोगका लागि नेपाल सरकारबाट धन्यवाद ज्ञापन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD