१२ बैशाख २०८१, बुधबार
Header

सरकारले बजेटको आकार घटायो


प्रकाशित: आईतवार, २९ माघ २०७९, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७९/८० का लागि बजेटको आकार घटाएको छ । 


यसअघिका अर्थमन्त्री जनार्दन शर्माले कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेकोमा २ खर्ब ४४ अर्ब रुपियाँ घटाएको अर्थमन्त्री विष्णु पौडेले बताएका छन ।


सरकारको आर्थिक बजेटको अर्धबार्षिक समिक्षाको क्रममा बजेटको आकार घटाएको बारे जानकारी दिएको हो । 


राजस्व संकलन लगायत स्रोतमा परेको चापका कारण सरकारले बजेटको आकार घटाएको मन्त्री पौडेलले बताएका हुन । 


अब बजेटको आकार १५ खर्ब ४९ अर्ब ९९ करोड हुने संशोधित अनुमान गरिएको छ । 


अर्थ मन्त्रालयले खर्च कटौती र मितव्ययिता कायम गर्ने प्रयास गरेको मन्त्री पौडेलले बताए ।


गत आर्थिक वर्षको सुरुको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा संकलित राजस्व नै १५ प्रतिशत घटेका कारण पनि खर्च कटौती अहिलेको आवश्यकता रहेको औंल्याए ।



बजेटको पूर्णपाठ

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD