काठमाडौं । यातायात व्यवसायीसँग भएको सहमति अनुसार सरकारले आईतबार नयाँ भाडादर सार्वजनिक गरेको छ ।
नयाँ भाडादर अनुसार काठमाडौं उपत्यकाका शहरी क्षेत्र र अन्य शहरी क्षेत्रमा सञ्चालन हुने सबै किसिमका यात्रुबाहक सवारीका साधनमा न्यूनतम १४ देखि अधिकतम २७ रुपैयाँ कायम भएको छ । चार किलोमिटरभित्र न्युनतम १४ रुपैयाँ कायम गरिएको छ ।
५ किलोमिटरसम्म यात्रा गर्दा १६ रुपैयाँ, ६ किलोमिटरसम्म यात्रा गर्दा १७ रुपैयाँ, ८ किलोमिटरसम्म यात्रा गर्दा १८ रुपैयाँ तिर्नुपर्ने भएको छ । यस्तै १० किलोमिटरसम्म यात्रा गर्दा २१, १३ किलोमिटरसम्म २३, १६ किलोमिटरसम्म २५, १९ किलोमिटरसम्म २७ रुपैयाँसम्म तिर्नुपर्ने पर्ने भएको छ ।
नयाँ भाडादरको सुचि यस प्रकार छ ः –
Categorized in बजार