७ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

सरकारले दियो पलेशालाई ६५ लाख नगद पुरस्कार 


प्रकाशित: शुक्रवार, २७ भाद्र २०८१, १३ः१० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा लिम्पिक्समा कास्इ पदक जितेकी पलेशा गोवर्धनलाई सरकारले ६५ लाख रुपैयाँ प्रदान गरेको छ । 


शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधान्मन्त्री ओलीले पलेशालाई ६५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन । 


साथै प्रशिक्षक कविराज नेगी लामालाई रु पाँच लाख ८५ हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई रु दुई लाख ९२ हजार पुरस्कारसहित सम्मान गरिएको छ ।


उक्त नगद पुरस्कार राष्टिय खेलकुद विकास नियमावली अनुसार उनीहरुले पाएका हुन ।


पलेशा नेपाली ओलम्पिक ६ दशक सहभागी इतिहासमा पदक जित्ने पहिलो खेलाडी हुन । पलेशाले दुई साता अघि के ४४ क्याटेगोरी ५७ केजी मुनी प्रतिस्पर्धामा सर्वियाकी मारिया मिसेभलाई १५–८ ले पराजित गर्दै पदक जितेकी हुन ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex