२७ बैशाख २०८१, बिहिबार
Header

सरकारले थाल्यो बुस्टर डोज ल्याउने प्रक्रिया 


प्रकाशित: शुक्रवार, १५ पुस २०७९, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । सरकारले थप मात्रा ‘बुस्टर डोज’ ल्याउने प्रक्रिया सुरु गरेको छ । 


छिमेकी देश चीन, भारतमा कोरोना भाइरसका संक्रमण बढ्न थालेपछि अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि सरकारले पहल सुरु गरेको छ । 


स्वास्थ्य तथा जनस्या मन्त्रालयले बुस्टर डोजका लागि खोप ल्याउन औपचारिक रूपमा ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’लाई पत्र लेखेको छ ।


स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख सागर दाहालले बिहीबार १५ लाख खोपका लागि ‘गाभी’ लाई पत्र पठाइएको जानकारी दिए । 


सरकारले बुस्टर डोजका लागि मात्र प्रयोग हुने फाइजर खोप ल्याउन खोजेको हो । 


छिमेकी मुलुक भारत र चीनमा वि एफ ७ नामक प्रजातिको नयाँ भेरियन्ट फैलिन थालेपछि मन्त्रालयले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD