५ भाद्र २०८३, शुक्रबार
Header

सरकारले तीन सय विद्युतीय बस खरीद गर्ने 


प्रकाशित: विहिवार, १२ पुष २०७५, २०ः०६ बजे
- महानगरखबर

काठमाडौं । सरकारले तीन सय वटा विद्युतीय बस खरिद गर्ने भएको छ । 


सरकारका प्रवक्ता सञ्चार तथा सुचन प्रविधि मन्त्री गोकुल बास्कोटाले सरकारले आफ्नै लगानीमा ३०० वटा विद्युतीय वस खरिद गर्ने जानकारी दिएको हो । 


मन्त्री वास्कोटाले मन्त्रीपरिषद्को बैठकको निर्णहरु सार्वजनिक गर्ने क्रममा सो जानकारी दिँदै उपत्यकामा हुने ट्राफिक जाम र प्रदुषण नियन्त्रणमा यस्ता विद्युतीय वस सहयोगी हुने बताए । 


त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पेश गरेको ‘सार्वजनिक यातायात व्यवस्थापनसम्बन्धी अवधारणापत्र’ स्वीकृत गरिएको छ । 


यस अघि एशियाली विकास बैंक (एडिबी) को सहयोगमा काठमाडौंमा २ वटा विद्युतीय वस ल्याइएपनि चार्जिङ स्टेशनको अभावको कारण अहिले त्यतिकै थन्किएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex