१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सरकारले तिनसय विद्युतीय बस खरिद गर्न साझालाई ३ अर्ब दिँदै


प्रकाशित: बुधवार, १ साउन २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । सरकारले साझा यातायातलाई विद्युतीय बस खरिद गर्नको लागि ३ अर्ब रुपियाँ दिने भएको छ । 


विहिवार साझा यातयात  सहकारी संस्था र भौतिक, पूर्वाधार तथा यातामन्त्रालयविच सम्झौतापत्रमा हस्ताक्षर हुने भएको छ । 


विद्युतीय सवारी साधानलाई प्रवद्र्धन गर्ने उदेश्यले मन्त्रिपरिषद्को बैठकले साझालाई बस खरिद गर्न रकम दिने निर्णय अनुसार साझा यातायातलाई विद्युतीय बस खरिदका लागि यो रकम दिइएको हो । 


३ सय वटा बस विद्युतीय बस खरिद गर्ने मन्त्रिपरिषदको निर्णय कार्यन्यवनको लािग  भौतिकमन्त्री रघुवीर महासेठलाई जिम्मेवारी दिएको थियो ।  मन्त्रालयले अधिकार सम्पन्न यातायात प्राधिकरणमार्फत विद्युतीय बस संचालन गर्ने योजना बनाएपनि विद्युतीय बस संचालन गर्ने भनिएपनि अहिलेसम्म संचालनमा आउने संभावना देखिएको छैन । 


प्राधिकरण गठन प्रक्रिया सुरु नहुँदा साझालाई नै तीन सय विद्युतीय बस खरिद गर्ने गरि जिम्मा दिन लागिएको हो । 


अघि अघि प्रदेश ३ सकरकारले विद्युतीय बस खरिदका लागि साझालाई ३० करोड रुपैयाँ दिएको छ भने ललितपुर महानरगपालिकाले डेढ करोड रुपैयाँ दिएको छ । 


यसको लागि साझाले प्राधिकरणसँग सहकार्य गरेर चार्जिङ स्टेशनहरु पनि तयार गरिरहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex