१२ श्रावण २०८१, शनिबार
Header

सरकारले जेठ १५ गते मंगलवार बजेट ल्याउँदै


प्रकाशित: आइतवार, १३ जेठ २०८१, १७ः३० बजे
- महानगरखवर

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि बजेट जेठ १५ गते मंगलबार दिउँसो १ बजे प्रस्तुत गर्ने भएको छ ।


अर्थमन्त्री बर्षमान पुनले संविधानको धारा ११९ अनुसार संघीय संसदको संयुक्त बैठकमा जेठ १५ गते बजेट प्रस्तुत गर्ने भएको हो ।


सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्यहरुलाई १२ः४५ बजे भन्दा अगाडि नै संसदमा उपस्थित भइसक्न आग्रह गरेका छन ।


आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेश गर्नुपर्ने प्रयोजनका लागि मंगलबार दिनको १ बजे संघीय संसदको संयुक्त बैठक बस्ने जानकारी गराएका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


matribhasa patrakarita
nepal bhasa AD
chunikhel ad
maharjan complex