२३ बैशाख २०८१, आइतबार
Header

सरकारले जग्गा उपलब्ध गराए महानगरले रंगशाला बनाउने


प्रकाशित: मंगलवार, १९ भाद्र २०८०, ०९ः५० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका बालेन्द्र साह (बालेन)ले सरकारले जग्गा उपल्बध गराए महानगरले क्रिकेट रंगशाला बनाउने पहल गर्ने बताएका छन ।


प्रमुख साहले मंगलावर श्रीलंकामा सोमवार सम्पन्न नेपाल र भारतविचको खेल हेरे पछि सो बताएका हुन । 


‘नेपाल सरकारले काठमाण्डौ महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाण्डौ महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ, उनले भने, ‘एकै खेलबाटै करोडौँ रकम आर्जन हुन सक्छ । त्यो बाहेक खेलाडि र तल्लोतह मा सिकाइ सुविधाका लागि अबको ३ बर्षमा सकेसम्म हरेक वडामा एक हुने गरि बलिङ नेट राख्ने प्रबन्ध पहिले नै गरि सकेको छौ ।’


उनले फयानको रुपमा क्रिकेट हेर्न जाँदा आफ्ना अनुुभवहरु प्नि सेयर गरेका छन । श्रीलंकाको अध्यागमनका कर्मचारीहरु पनि क्रिकेट हेर्न नेपाल पुुगेका समर्थकहरु देखेर छक्क परेको बताए । 


प्रमुख साहका अनुसार स्टेडियमा ४०/५० जना जति भारतीय क्रिकेट समर्थक थिए भने नेपालीहरुको संख्या १५०० देखि २००० को बिचमा थियो ।


नेपाली क्रिकेट फ्यानहरु विभिन्न देशबाट श्रीलंका पुगेका थिए । अनुमानित हिसाब गर्ने हो भने त्यहाँ पुगेका सबै नेपालीहरुको मात्रै खर्च ३० करोड पुगेको अनुमान प्रमुख साहले लगाएका छन । 
प्रमुख साहले भने,‘ गजबको कुरा के थियो भने त्यहाँ खेल भइरहेको रंगशाला पनि हाम्रो त्रिविको क्रिकेट स्टेडियम जस्तै थियो, केहि प्याराफिट र अलि बढि सुविधा । नेपालमा त्यहि स्तरको रंगशाला जग्गा बाहेक ८०/९० करोडमा नै बन्छ सायद । ’


क्रिकेटको प्रत्यक्षदर्शीको रुमपा उनले खेल बढ्ेपछि नेपालको ब्याटिङ अगाडि बढ्दै गयो, तब त भारतीय खेलाडिहरुको हाउभाउ पुरै रक्षात्मक बनेको र त्यहि बेला हामीले क्रिकेट जित्यौँ । अन्तिम नतिजा जे आए पनि हामीले यसपटकको एसिया कपमा पाउने जति पाइसकेको उनको भनाई छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD