काठमाडौं । सरकारले जनगणना २०७८ का लागि भर्ना खोलेको छ ।
जनगणनाको लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा नियुक्त गर्ने केन्द्रीय तथ्यांक विभागले जनाएाको छ ।
करारमा नियुक्त जनशक्तिले नपुगेमा सार्वजनिक विद्यालयका शिक्षक तथा सरकारी कर्मचारीलाई पनि लिन सकिने छ ।
करारमा कर्मचारी भर्नाका लागि केन्द्रीय तथ्यांक विभागले आईतवार दरखास्त आह्वान गरेको छ । इच्छुक व्यक्तिले केन्द्रीय तथ्यांक विभागको वेबसाइटमा गएर ६० दिनभित्र अनलाइन दरखास्त फारम भर्न सक्ने विभागले जनाएको छ ।
Categorized in राष्ट्रिय