१३ भाद्र २०८३, शनिबार
Header

सरकारले आज आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै


प्रकाशित: सोमबार, ७ जेठ २०७५, ०८ः३५ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । बाम एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी नेतृत्व सरकारले आर्थिक बर्ष २०७५/७६ को नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गर्दैछ ।

 
राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । 


नीति तथा कार्यक्रम प्रस्तुतको लागि राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठक चार बजे बस्ने भएको छ ।

 
सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने विशेष कार्यक्रममा उपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका शीर्ष नेताहरु, सरकारका उच्च अधिकारीहरु, संवैधानिक आयोगका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु र कूटनीतिक नियोगका प्रमुखहरुलाई पनि निम्त्याइएको छ ।


नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै राष्ट्रियसभा र प्रतिनिधिसभाको बेग्लाबेग्लै बैठक बसी राष्ट्रपतिलाई धन्यवाद व्यक्त गर्ने कार्यक्रम छ ।


सरकारको नीति तथा कार्यक्रममाथि दुवै सदनमा केही ३ छलफल हुने सचिवालयले जनाएको छ ।


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex