१४ बैशाख २०८१, शुक्रबार
Header

सरकारद्वारा ल्याएको गुठी सञ्चालन विधेयकले धर्म, संस्कृति, सम्पदामाथि प्रहार


प्रकाशित: सोमबार, २० जेठ २०७६, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । सरकारले संसदमा पेश गरेको गुठी संचालन विधेयकले धर्म, संस्कृति र सम्पदामाथि प्रहार गरेको सरोकारवालाहरुले बताएका छन । 


आईतबार राजधानीमा गुठी संरक्षण पुचःद्धारा आयोजित कार्यक्रममा सरोकारवालहरुले गुठी संस्थान सञ्चालनसम्बन्धीको नयाँ बिधेयकमा कडा आपत्ति जनाएका छन । 


कार्यक्रमा पुचका भरत जंगमले सरकारले ल्याउन लागेको यस विधेयकले गुठी र धर्म दुवैलाई मास्ने बताएका छन । उनले संघीय सरकारले प्रदेश सरकारको अधिकार भित्र रहेको गुठी संस्थानमा माथि हस्तक्षेप गरेको अरोप लगाएका छन । 


संविधानको अनुसूचि ६ मा भने गुठी व्यवस्थापनको अधिकार प्रदेश सरकारलाई दिइएको छ ।


त्यसैगरी पुचका डा. मदन मानन्धर गुठीको विषय सरकारले नबुझेका बताएका छन । संस्कृति मन्त्रालय अन्तर्गत पर्ने गुठीको विाष्यमा कानुन बनाउनेहरुमा ज्ञान नभएको अरोप लगाए । 


पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव गोविन्द टण्डन यो विधेयकमाथि पुनर्विचार गर्नुपर्ने जोड दिँदै विधेयक पारित भएन सनातन धर्म जोगाउन अपठ्यारो पर्ने बताए । 


कार्यक्रममा वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल, पूर्व मन्त्री दीपक ज्ञवाली लगायत सहभागीहरुले सरकारले ल्याएको गुठी संञ्चालन विधेयक सरोकारवालाहरुसँग कुनै छलफल नगरिएको, राजनीतिक कार्यकर्ताको भरणपोषण गर्ने उदेश्य देखिएको, गुठी संस्कृतिमाथि नै प्रहार हुने किसिमको विधेयकको विरोध गर्नु पर्नेमा जोड दिएका थिए । 


सकरारले राजगुठी, सार्वजनिक गुठी र निजी गुठीलाई व्यवस्थित गरी सर्वसाधारणको हित कायम गर्न तथा गुठी जग्गाको संरक्षण, उपयोग र व्यवस्थापन गर्नुका साथै गुठीको विकास सञ्चालन र व्यवस्थापन गर्न भन्दै यो विधेयक ल्याएदेखिनै विवादित बन्न पुगेको हो ।


विधेयक राखिएको कतिपय प्रावधनले गुठीको जग्गा सजिलै व्यक्तिको नाममा सार्न मिल्ने देखिएको छ । 


कार्यक्रममा सहभागीहरुले सरकारले गुठी संस्थानको स्वायक्तता खोस्न खोजको उनको आरोप लगाउँदै सरकार विधेयकविरुद्ध कडा रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिएका छन । 


नेवाः भाषिक अगुवा नरेशवीर शाक्य, सम्पदा अभियन्ता गणपति लाल श्रेष्ठ, सडक पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमी लगायतका उपस्थिती रहेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD