४ भाद्र २०८३, बिहिबार
Header

सरकारको नीति तथा कार्यक्रममाथि आजबाट छलफल 


प्रकाशित: बुधबार, ९ जेठ २०७५, ११ः४० बजे
- जेम्सज्वेलरीखवर

काठमाडौँ । सरकारले सोमबार संघीय संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि आज छलफल हुने भएको छ ।

 
बिहान ११ बजे बोलाएको सो छलफलमा नीति तथा कार्यक्रममा कांग्रेस, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी लगायतले ८ संशोधन दर्ता गरेका छन् । 


नीति तथा कार्यक्रममा छलफलका लागि प्रधानमन्त्री वा प्रधानमन्त्रीले तोकेको मन्त्रीले नीति कार्यक्रममा पेसका लागि राष्ट्रपतिलाई धन्यवाद दिन प्रस्ताव पेससहित छलफलका लागि आह्वान गर्नेछन् ।


यस अघि विपक्षी दलले नीति तथा कार्यक्रमबारे विभिन्न आलोचनात्मक प्रतिक्रियाहरु दिएका थिए ।

 
सरकारले प्रस्तुत गरेको सो नीति तथा कार्यक्रममा समृद्धि नेपालको लागि आर्थिक उत्पादन उच्चबृद्धि गर्ने, सबै नागरिकको बैंक खाता अनिवार्य गरिने, सबै प्रकारको सिण्डिकेट, कार्टेलिंग, मिलोमतोलाई कठोरका साथ अन्त्य गर्ने लगायतका कार्यक्रमहरु उल्लेख गरेका थिए । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex