८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

सरकारको अर्धवार्षिक समिक्षामा को पास – को फेल ! सुचिसहित


प्रकाशित: बुधवार, ७ फागुन २०८१, १८ः३५ बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारको ६ महिना(अर्धवार्षिक) प्रगती विवरण सार्वजनिक गरिएको छ ।  


प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयअन्तर्गत नतिजा व्यवस्थापन महाशाखाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार प्रधानमन्त्री ओलीसहित मन्त्रीहरुको कार्यसम्पादनको विवरणले को पास को फेल प्रष्ट पारेको छ । 


महाशाखाले आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिना (अर्धवार्षिक) प्रगति प्रतिवेदन सार्वजनिक गरेको हो । 


ओली नेतृत्वमा गत असार ३० गते सरकार गठन भएपछि गठबन्धन दल कांग्रेस, एमाले, जसपा, लोसपा र नागरिक उन्मुक्ति सहभागी रहेको सरकारमा २२ जना मन्त्री र ३ जना राज्यमन्त्री छन ।  
प्रधानमन्त्री ओलीले गत भदौ २७ गते सरकारको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएका मन्त्रालयअन्तर्गत वार्षिक योजना/कार्यक्रम निर्धारित समय, लागत र गुणस्तरअनुसार मन्त्रीहरूसँग सम्पन्न गर्न कार्यसम्पादन सम्झौता गरेका थिए । 


सोही अनुसार कार्यसम्पादनको नतिजा पनि देखिने गर्दछ । सबै मन्त्रालय, राष्ट्रिय योजना आयोग, लगानी बोर्डको कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, सार्वजनिक खरिद तथा अनुगमन कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल ट्रष्टको कार्यालयसमेत गरी २८ मन्त्रालय/निकायहरूको एक हजार १० क्रियाकलाप र एक हजार ९ सय ६१ माइलस्टोनको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक भएको हो।


सबै मन्त्रालय र निकायका ३४४ कार्ययोजना एकीकृत अनलाइन अनुगमन प्रणालीमा प्रविष्ट गरी मूल्याङ्कन गर्ने व्यवस्था छ । कार्ययोजनालाई माइलस्टोन र क्रियाकलापमा बाँडेर अनुगमन तथा मूल्याङ्कन गरिएको हो।


कार्य सम्पादनमा नेपाली कांग्रेसका अजयकुमार चौरसिया नेतृत्व कानुन मन्त्रालयले ११ वटा माइलस्टोन र एउटा क्रियाकलाप सम्पन्न गरेर शतप्रतिशत काम गरेको देखिएको छ ।


हेरौं मन्त्रालयगत कार्यसम्पादनको औसत प्रतिशतः

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex