काठमाडौं । सय केजी सुन प्रकरणमा राजस्व विभागले कमलपोखरीस्थित एक व्यापारीको घरमा छापा मारेको छ ।
बुधवार विभागले व्यापारी राकेशकुमार अडुकियाको घरमा छापा मारेको हो ।
गत मंगलवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएर निस्किएका अन्दाजी ८० देखि १०० किलो सुन बरामद भएको घटनामा अनुसन्धान गर्ने क्रममा विभागको टोली उनको घरमा पुगेको हो ।
यसैविच विभागले थप एक जनालाई पक्राउ पनि गरेको छ । पक्राउ पर्नेमा नरेश भनेर चिनिने सुरेन्द्र तामाङ रहेका छन ।
विभागका एक अधिकारीका अनुसार, तामाङले सुन व्यवस्थापनका लागि गोदाम खोजिदिने काम गरेका थिए ।
योसँगै सुन तस्करी प्रकरणमा समातिनेको संख्या १७ पुगेको छ । हङकङबाट आएको सुन मोटरसाइकल र स्कुटरको ‘ब्रेक शु’भित्र लुकाएर ल्याइएको थियो ।
Categorized in राष्ट्रिय