एक मिनेटमा सयभन्दा बढिलाई अंकमाल गर्दै नेपालका समिट तिमिल्सिनाले विश्व रेकर्ड दावी गरेका छन् ।
आइतबार नेपालटारस्थित गुरुकुल पब्लिक स्कुलमा आयोजित एक कार्यक्रममा समिट तिमिल्सिनाले एक मिनेटमा १ सय १३ जनासँग अँंकमाल गरेका हुन् ।
गुरुकुल पब्लिक स्कूलमै कक्षा ८ मा अध्यननरत १४ वर्षिय विद्यार्थी समिटले १ सय १३ जनालाई अंकमाल गर्दै अमेरिकाका जेसोन राइटरको रेकर्ड तोडेका हुन् । जसोनले सन् २०१७ अक्टोबर मा ८६ जनासँग अंकमाल गर्दै रेकर्ड कायम गरेका थिए ।
कार्यक्रममा पूर्व रक्षामन्त्री भिमसेनदास प्रधान, तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहराको साथै विद्यालय परिवार, अभिभावकबाट शुभकामना दिइएको थियो ।

Categorized in समाज