११ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

सयको नोटमा चुच्चे नक्सा छाप्ने निर्णयपछि भारतको यस्तो प्रतिक्रिया


प्रकाशित: आइतवार, २३ बैशाख २०८१, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । सरकारले सयको नोटमा नयाँ नक्सा (चुच्चे नक्सा) छाप्ने निर्णय गरेपछि भारतले आफ्नो भनाई राखेको छ ।

 
भारतीय विदेशमन्त्री एस जयशंकरले नोटमा चुच्चे नक्सा नेपालले छाप्न लागेको विषयमा प्रतिक्रिया दिएका छन ।


उनले दुवै देशविच सीमा समस्या समाधानका लागि दुई देशबीच निरन्तर छलफल भइरहेको अवस्थामा नेपालले एकतर्फी रूपमा निर्णय गरेको बताएका हुन । 


शनिबार उनले पत्रकारहरूसँको कुराकानीमा नेपालको उक्त कदमले अहिलेको परिस्थिति र जमिनको वास्तविकता नबदलिने प्रतिक्रिया दिएका छन । 


बिहीबार बसेको मन्त्रिपरिषदले एक सय रूपैयाँको अग्रभागमा हाल रहेको नक्सको बदलामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको चुच्चे नक्सा राख्न चुच्चे नक्सा छाप्ने निर्णय गरेको थियो । 


यस अघि नेपालले २०७७ जेठ ७ गते सरकारले  लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र  समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex