२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

सम्मानित जेष्ठ नागरिकलाई योगदानी व्यक्तित्व पुस्तक समेत प्रदान


प्रकाशित: शुक्रवार, १५ बैशाख २०८०, १२ः५० बजे
- पदम श्रेष्ठ

काठमाडौं । पत्रकार पदम श्रेष्ठद्धारा लिखित पुस्तक योगदानी व्यक्तित्वसहित ५५ जेष्ठ नागरिक सम्मानित भएको छ ।


हालै सोलुसन समाजले ललितपुर, भक्तपुर र चन्द्रागिरि नगरपालिकाका ७५ बर्षमाथि जेष्ठ नगारिकहरुलाई एक हट व्याग, पुस्तकसहित सम्मान गरिएको हो ।

 
विभिन्न समयमा रक्तदान , छालादान , आँखा दान र फजुल खर्च विहिन संस्कारको अभियान चलाउदै आईरहेको सामाजिक संस्था सोलुसन समाजले अध्यात्म एवं रक्तदान, छाला दान र आँखा दानको माध्यमबाट व्यवहारिक रूपमा समाजसेवाको काम सँगसगै गर्दै आएको छ । 


समाजका संस्थापक अध्यक्ष साधुराम महर्जनले कोरोना महामारीमा समेत नौहजार दुई सय पिन्ट रगत सङ्कलन गरेर विरामीको ज्यान बचाउने अभियानलाई निरन्तरता दिएको बताए । 


उहाँले सो समाजले करिब ६० वटा सामाजिक सङ्घ संस्थासँग सहकार्य गरेर रक्तदान, छाला दान र आँखा दानको महत्वबारे जागरणमुलक कार्यक्रम, शिविर सञ्चालन गर्दै आएको जानकारी दिए । 


विशेष गरी अध्यात्मिक चेतना अभिवृद्धि गर्ने, मानव जीवनलाई सार्थक बनाउन आफुले सकेको सहयोग अन्यलाई उपलब्ध गराउने अभियानमा समाजले आफ्ना अग्रज आमाबुवा, समाजमा ज्येष्ठ नागरिकको सम्मान गर्ने पद्धती बसाल्न हरेक वर्ष वैशाख महिनामै ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आएको समाजले जनाएको छ ।


संस्थापक अध्यक्ष महर्जनले ज्येष्ठ नागरिकलाई जोर्नी तथा शरीरका विभिन्न भागमा पिडा हुँदा हट व्याग आवश्यक पर्ने भएकोले व्यवहारिक रूपमा काम लाग्ने बस्तु हट व्याग र ज्ञानको भण्डार पुस्तक प्रदान गरेर सम्मान गरेको भनाई राखे ।

 

*शिर्षक सच्चाईएको  । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex