२७ बैशाख २०८१, बिहिबार
Header

सम्पर्क विहिन १६ प्रहरीलाई हाजिर हुन प्रधान कार्यालयको निर्देशन


प्रकाशित: सोमवार, १० बैशाख २०८०, १०ः११ बजे
- महानगरखवर

काठमाडौं । फागुन महिनायता आफूखुशी गैरहाजिर रहेका १६ जना प्रहरीलाई सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयल निर्देशन दिएको छ ।


सोमवार प्रधान कार्यालयले गैर हाजिर रहेका ती प्रहरीहरुको दर्जा, नाम,  कार्यरत ठेगाना उल्लेख गरी सुचना जारी गरेको हो । 


गैरहाजिर रहेका प्रहरीमा प्राविधिक प्रहरी नायब निरीक्षक, दुई जना प्रहरी सहायक हवलदार, प्रहरी जवान र कार्यालय सहयोगी छन । 


उनीहरुको खोजतलास गराउँदा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएकाले सार्वजनिक सूचना प्रकाशन गरिएको कार्यालयले जनाएको छ ।


सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित नभए प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउने कारबाही हुने चेतावनी कार्यालयले दिएको छ ।


सुचनाः 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD