काठमाडौं । सम्पर्क विहिन भएको मनाङ एयरको ‘एनए–एमभी’ कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकास्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको सो विमान बिहान १० बजेर १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो ।
कोशी प्रदेशका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले घट्नास्थल पुुगेको असई निराजन बस्नेतलाई उद्धृत गद तीन जनाको शव फेला परेको बताएको छ ।
हेलिकप्टरमा पाँच जना विदेशी र एक जना नेपाली छन । पाइलट टेकबहादुर गुरूङ रहेको बुझिएको छ भने अन्य यात्रुु भने मेक्सिकोका नागरिक रहेको बताइएको छ ।
हेलिकप्टर पौने ११ बजे काठमाडौं आइपुग्नुपर्ने थियो ।
Categorized in समाज