२५ बैशाख २०८१, मंगलबार
Header

सम्पर्कविहिन भएका २१ प्रहरीलाई सात भित्र हाजिर हुन निर्देशन


प्रकाशित: बुधवार, ११ पुस २०८०, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । एक महिना भन्दा बढि समयदेखि सम्पर्कमा नआएका २१ प्रहरीलाई ७ दिन भित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएकोछ ।


प्रधान कार्यालयले बुधवार एक सुचना जारी गरी एक महिना भन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेका ती प्रहरीहरुलाई हाजिर निर्देशन दिएका हुन । 


गैर हाजिर रहेका प्रहरीमा एकजना प्रहरी वरिष्ठ हवलदार, ५ जना प्रहरी सहायक हवलदार, १३ जना प्रहरी जवान र २ जना प्रहरी कार्यालय सहयोगी छन । 


उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधान कार्यालयले सात दिन भित्र स्पष्टिकरणसहित सम्पर्कमा आउन निर्देशन दिँदै सूचना जारी गरेको छ । 


प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सात दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड –च)को कसुरमा ऐ. नियामावली नियम १०९ को दफा (ख) १ बमोजिम सेवाबाट हटाउने चेतावनी दिएको छ ।


सम्पर्क विहिन भएका प्रहरी सुचिः

 


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD