काठमाडौं । सम्पर्कविहिन भएको तारा एयरको जाहाज खोजीलाई तिव्र बनाईएको छ ।
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज आइतबार बिहानदेखि हराईरहेका छ ।
चालक दुई जनासहित १९ यात्रु बोकेको तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो ।
जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए । गृहमन्त्री बालकृष्ण खाँडले जाहाज खोजीलाई तिब्र बनाउन निर्देशन दिएका छन ।
Categorized in समाज