काठमाडौं । पर्यटकीय क्षेत्र ठमेलमा सञ्चालनमा आएको विवादित छायाँ देवी कम्पलेक्सको विषयलाई लिएर प्रहरीले सम्पदा बचाउ अभियान्ताहरुलाई सोधपुछ गरेको छ ।
प्रहरीले बुधवार सम्पदा अभियान्ताहरु नमस्ते सायमी, भवतनरसिंह प्रधान, यादव कायस्थ र मनिष श्रेष्ठलाई प्रहरीले बोलाई सोधपुछ गरेको सायमीले जानकारी दिए ।
महानगरीय प्रहरी बृत, दरवारमार्गले छायाँ देवी कम्पलेक्सका प्रबन्ध निर्देशक महेश्वर श्रेष्ठको उजुरीका आधारमा बोलाई सोधपुछ गरेको प्रहरीले बताएको छ ।
निर्देशक श्रेष्ठले प्रहरीमा शन्ति सुरक्षा गरी पाउँ भनी दिएको निवेदनको आधारमा दुवै पक्षलाई बोलाएर सोधपुछ गरेको प्रहरीले जानकारी दिए ।
सम्पता अभियान्ता सायमीका अनुसार सोधपुछ पछि कम्लेक्स भित्र विरोध नगर्न प्रहरीले कडा चेतावनी दिएको छ । सोधपुछको क्रममा उपस्थित भएका निर्देशक सुमन पाण्डे र प्रवन्ध निर्देशक श्रेष्ठले सम्पदा अभियानको विरुद्ध कडा रुपमा प्रस्तुत हुने सायमीको भनाई छ ।
मंगलवार छायाँदेवी कम्लेक्सले छायाँ सेन्टरको वारेमा आएको विवादबारे जानकारी दिन गरेको पत्रकार सम्मेलनमा सम्पदा संरक्षण अभियान्ताहरुले नाराबाजी सहित विरोध गरेका थिए ।
सो पत्रकार सम्मेलनमा अभियान्ताहरुले ऐतिहासिक पोखरी हडपेर कम्पलेक्स निर्माण गरेकोले सो विरुद्ध कडा रुपमा प्रस्तुत हुने बताएका थिए ।
Categorized in सम्पदा/संस्कृति