६ बैशाख २०८१, बिहिबार
Header

सम्पदा बचाउन असनमा आज विरोध सभा 


प्रकाशित: शुक्रवार, २७ बैशाख २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । असनको ऐतिहासिक महत्व बोकेको सम्पदा असन घडीघर भत्काई व्यापारिक कम्पलेक्स बनाउने गुठी संस्थानको  निर्णय विरुद्ध आज (शुक्रावर) बृहत विरोध सभा हुने भएको छ । 


असनको आजको सभा सम्पदा मास्नेहरु विरुद्धको बृहत सभा हुने असन कोथुननि बचाउ अभियान समितिका संयोजक नमस्ते सायमीले बताएका छन । 


उपत्यकामा सरकारले विकास र आधुनिकताका नाममा सम्पदा मास्ने अभियान सुरुपछि अहिले उपत्यकावासी, सम्पाप्रेमीहरुले स्वतःफूर्त रुपमा आन्दोलन थालेको सायमीको भनाई छ । 


५०० बर्ष पुरानो असनको घडीघरले चर्चित कोथुननि भत्काउने गुठी संस्थानको निर्णय विरुद्ध जनता सडकमा उत्रेका कोथुननिका सुजीब बज्राचार्यले बताए । 


बज्राचार्यका अनुसार गुठी संस्थानले पुस्तौ पुस्तान्तर भई आईरहेको कोथुननिका पसल कवल र त्यहाँ बस्ने ३ परिवारसहित १४ परिवारलाई विस्थापित गर्ने षडन्त्र गर्न थालेपछि स्थानीयवासी, सम्पदाप्रेमी, जनसमुदाय सबै एक जुट भई गुठी संस्थानको निर्णयको प्रतिकार गरिने बज्राचार्यले भने । 


दिउँसो ३ बजे असन चोकमा हुने आजको बृहत विरोध सभाले सम्पदा मास्नेहरु विरुद्धको खवरदारी सभा पनि भएको सायमीले बताए ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD